टी–२० क्रिकेट सिरिज फाइनल

नेपालले गुमायो लगातार ३ विकेट

नेपालभ्युज

नेपालले गुमायो लगातार ३ विकेट
फाइल फोटो

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले लगातार ३ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका करण केसी ९ रनमा आउट भएका हुन्। उनलाई नेदरल्याण्ड्सका साइब्राण्ड एन्गलब्रेचले आउट गरेका हुन्। यो उनको दोस्रो विकेट हो।

यसलगतै गुल्सन झा ३४ रनमा आउट भए । आरिफ शेख डकआउट भए।

यसअघि नेपालका कुशल मल्ल २६, दीपेन्द्र सिंह ऐरी १, आसिफ शेख ४७, कप्तान रोहित कुमार पौडेल २५ र कुशल भूर्तेल २० रनमा आउट भए ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved