ट्रम्पलाई सर्वोच्च अदालतबाट ठूलो राहत, राष्ट्रपति चुनाव लड्न पाउने

नेपालभ्युज

ट्रम्पलाई सर्वोच्च अदालतबाट ठूलो राहत, राष्ट्रपति चुनाव लड्न पाउने

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत दिएको छ ।

‘न्यूयोर्क टाइम्स’को रिपोर्टका अनुसार सर्वोच्च अदालतका ९ न्यायाधीशको इजलासले कोलोराडो राज्यको अदालतको फैसलालाई उल्टाएको हो ।

सर्वोच्च अदालतले भन्यो, ‘कोलोराडोको प्राइमरी मतपत्रबाट ट्रम्पको नाम हटाउन सकिँदैन । यस निर्णयको अर्थ अमेरिकाका सबै ५० राज्यको मतपत्रमा ट्रम्पको नाम रहनेछ ।’

यसको अर्थ डोनाल्ड ट्रम्पले मंगलबार हुन लागेको अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् । यसै दिन उनी रिपब्लिकन पार्टीको मनोनयनमा आउने पक्का हुन सक्छन् । किनभने कोलोराडोसहित १५ अमेरिकी राज्यले प्राथमिक चरणको मतदान गर्नेछन्। यसलाई सुपर ट्युजडे भनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved