काठमाडौं । नेकपा माओवादी (केन्द्र)का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इमान्दारीतामाथी प्रश्न उठाएका छन् ।
सोमबार साँझ सामाजीक संजालमा एक स्टाटस शेयर गर्दै नेता न्यौपानेले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डको इमान्दारीतामा प्रश्न उठाएका हुन् ।
उनले प्रचण्डलाई गठबन्धन नगरी खाकाे नपच्ने भन्ने आरोप लगाएका छन् । ‘गठबन्धन नगरी खाकाे नपच्ने भएपछि त्याेसँग भन्दा याे सँग राम्रो तर चस्मा ?’ उनले फेसबुकमा लेखेका छन् ‘मुखियाले आफ्नो निम्ति जे पनि गर्ने पुरानाे नेपाली समाज ?’
नवगठित मन्त्रिमण्डलमा नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालले सोमबार नै शपथ ग्रहण गरेका छन् ।
Facebook Comment
Comment