संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नेपालभ्युज

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभाको बैठक भने दिउँसो सवा १ बजेलाई बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९ / ८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आर्थिक वर्ष २०८१/ ८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि तय गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved