आयरल्याण्ड ए को नेपाल भ्रमणमा हुने टी–२० र एकदिवसीय सिरिजको खेलतालिका सार्वजनिक

नेपालभ्युज

आयरल्याण्ड ए को नेपाल भ्रमणमा हुने टी–२० र एकदिवसीय सिरिजको खेलतालिका सार्वजनिक

काठमाडौं। आयरल्याण्ड ‘ए’ को नेपाल भ्रमण खेल तालिका सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयरल्याण्ड ‘ए’ टोलीको नेपाल भ्रमणका लागि खेल तालिका सार्वजनिक गरिएको हो।

आयरल्याण्ड ‘ए’ ले राष्ट्रिय टोली र नेपाल ‘ए’ टोलीसँग खेल्ने भएको छ। आयरल्याण्ड ‘ए’ले मार्च २४ र मार्च २५ मा क्रमश पहिलो र दोस्रो टी–२० खेल नेपालको राष्ट्रिय टोलीसँग खेल्नेछ।

३ दिनको विश्रामपश्चात नेपाल ए र आयरल्याण्ड एबीचको टी–२० सिरिज सुरु हुनेछ। ३ खेलको सिरिजको पहिलो २ खेल मार्च २८ र २९ मा हुनेछ। तेस्रो खेल भने मार्च ३१ मा हुनेछ।

यस्तै, नेपाल ए र आयरल्याण्ड एबीच ३ एकदिवसीय खेल पनि हुनेछन्। पहिलो खेल अप्रिल ३ मा, दोस्रो अप्रिल ५ मा र तेस्रो अप्रिल ७ मा हुनेछ। क्यानले खेल संचालन हुने स्थान र समय भने खुलाएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved