बलिउडका यस्ता फिल्म जसले कमाएका थिए पहिलो दिनमै सय करोड

नेपालभ्युज

बलिउडका यस्ता फिल्म जसले कमाएका थिए पहिलो दिनमै सय करोड

एजेन्सी । त्यसो त भारतीय फिल्महरुले एक सय करोड कमाई सामान्य रुपमा पनि गर्न थालेका छन् । तर, एक दिनमै विश्वव्यापी एक सय करोड भन्दा धेरै कमाई गरेर केही फिल्मले रेकर्ड तोडेका छन् ।

केहि फिल्मको कमाई एक सय करोड होइन दुई सय करोड भारु  नाघेको छ । यो फिल्म आरआरआर हो, जसको पहिलो दिनको कमाई २२३ करोड भारतीय रुपैंया थियो ।

त्यस्तै, बाहुबली-२ ले पनि पहिलो दिनमै २१४ करोड भारु संकलन गरेको थियो । अर्को फिल्म केजीएफ-२ रहेको छ । जसको सुरुकै दिनको विश्वव्यापी संकलन १६४ करोड भारु रहेको थियो ।

त्यस्तै, फिल्म लियोले पनि पहिलो दिनमै तहल्का मच्चाएको थियो । यो फिल्मले विश्वव्यापी रुपमा पहिलो दिनमै १४१ करोड भारु कमाई गरेको थियो ।

विवादित फिल्म ‘आदिपुरुष’ ले पनि पहिलो दिन १३६ करोडको कमाई गरेको थियो । बलिउडका किंग खानको फिल्म ‘जवान’ले पहिलो दिन करीब १३० करोड कमाई गरेको थियो ।

अर्को फिल्म प्रभासको रहेको छ । उनको साहो फिल्मले पहिलो दिन १२५ करोड भन्दा धेरै कमाई गरेको थियो ।

त्यस्तै फिल्म २.० ले पनि पहिलो दिन विश्वव्यापी १०५ करोड कमाई गरेको थियो ।

यसैगरी अर्को एक सय करोड भन्दा धेरै कमाई गर्ने फिल्म शाहरुख खानको पठान पनि हो । जसले सुरुकै दिन विश्वव्यापी १०४ करोडको कमाई गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved