कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : उपसभामुख राना

नेपालभ्युज

कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन् ।

रानाले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन् । कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने उनको भनाई छ ।

संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्नेसमेत उनले बताइन् ।

उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved