इजरायली सेनाको आक्रमणबाट पश्चिम गाजामा राहत पर्खिरहेका एक सयबढी प्यालेस्टिनीको मृत्यु

नेपालभ्युज

इजरायली सेनाको आक्रमणबाट पश्चिम गाजामा राहत पर्खिरहेका एक सयबढी प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायलले पश्चिम गाजामा आक्रमण गर्दा राहत सामाग्री लिन लागि पर्खिरहेका १ सय १२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा  १ सय १२ जनाको मृत्यु भएको हो ।

बमबारीमा अन्य ७ सय ६० भन्दा बढी घाइते भएको बताइएको छ । अस्पतालमा चिकित्सक र उपकरणको अभावहुँदा घाइतेको उपचारमा कठिनाइ भएको छ । युद्ध विरामका लागि छलफल जारी रहदा इजरायली सेनाले गाजा शहरको पश्चिम क्षेत्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved