काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैं असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने छडजन्य सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताए ।
अर्यालले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए ।
जनतालाई गुणस्तरहीन सामग्रीहरु बेच्नेकुरा सरकार बिहीन जस्तो अनुभुति भएको उनको भनाई छ । उनले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताए । गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको अर्याले बताए ।
नेपालमा आइ काम गरिसकेपछि मजदुरहरुलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने अर्यालको भनाई छ ।
Facebook Comment
Comment