धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष

नेपालभ्युज

धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ।

विस्तृत सम्भाव्यता अध्ययन अनुसार धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले निष्कर्ष निकालेको हो।

तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

धरान बजारबाट विराटनगर विमानस्थल करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । सोहीकारण धरानमा विमानस्थल निर्माण गर्दा नीतिको व्यवस्था विपरीत हुने प्राधिकरणको निष्कर्ष छ ।

यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले विमानस्थल निर्माण गर्न पर्यटनमन्त्री सुदन किरातीलाई पत्र पठाएका थिए।

पर्यटनमन्त्री किरातीले पनि विमानस्थल बनाउन अध्ययन समिति गठन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved