मन्त्री किरातीले आफन्तमार्फत ठूलै रकम बुझेको प्रमाण भेटिएको छ : रामहरि खतिवडा (भिडिओ अन्तर्वार्ता)

नेपाल वायुसेवा निगम ४८ अर्ब घाटामा रहेको चर्चा गर्दै उनले अत्यधिक कर्मचारीको भर्ना, मापदण्डविपरित तारे होटेलको मान्यता दिनु आश्चर्यजनक रहेको उनले बताए । खतिवडाले यस्ता विवादित मन्त्रीलाई प्रधानमन्त्रीले बोकेर हिड्न नहुने पनि बताए ।

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले केही मन्त्री भ्रष्टाचार र सस्तो प्रचारवाजीमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

उनले एकजना मन्त्रीले आफन्तमार्फत रकम उठाएको आरोप समेत लगाएका छन् ।

नेपाली कांग्रेसका सांसद खतिवडाले नेपाल भ्युजसँगको भिडिओ वार्तामा सत्तासाझेदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफैं रकम नलिए पनि यसका लागि आफन्तबाट ठूलै रकम बुझेको प्रमाण भेटिएको दाबी गरे ।

नेपाल वायुसेवा निगम ४८ अर्ब घाटामा रहेको चर्चा गर्दै उनले अत्यधिक कर्मचारीको भर्ना, मापदण्डविपरित तारे होटेलको मान्यता दिनु आश्चर्यजनक रहेको उनले बताए ।

खतिवडाले यस्ता विवादित मन्त्रीलाई प्रधानमन्त्रीले बोकेर हिड्न नहुने पनि बताए । उनले भने, ‘यसरी गन्हाएका मन्त्रीलाई सरकारमा राखेर प्रधानमन्त्री हिड्नु भएन । यसरी राख्दा प्रधानमन्त्री आफै पनि दुर्गन्धित हुनुहुन्छ ।’

राज्यका हरेक अंग र क्षेत्र अस्थिर रहेका समय राजनीति, कर्मचारीतन्त्रसहित प्रत्येक क्षेत्रका नेतृत्व सच्चिन आवश्यक रहेको खतिवडाको भनाइ छ ।

खतिवडाले भने, ‘राम्रो घोडाले सवार चिन्छ, अनि सवारले पनि राम्रो घोडा । मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, दूध किसान पीडित, निर्माण व्यवसायी आन्दोलनमा छन् । यी कुराको राज्यले सम्बोधन गर्नु पर्छ । हाम्रै कारणले यी समस्या आइरहेका छन् ।’

अर्को प्रसङ्गमा सभामुख संसदीय प्रक्रियामा अलमलिएको उनले दाबी गरे । प्रतिनिधिसभाको पहिलो प्रवेशमा नै सभामुख बनेकाले संसदको मर्यादा कायम गर्न सभामुख असफल भएको उनको आरोप छ ।

हेर्नुहोस पुरा अन्तरवार्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved