आगामी साता इजरायल–गाजा युद्ध अन्त्य हुने राष्ट्रपति बाइडेनको विश्वास

नेपालभ्युज

आगामी साता इजरायल–गाजा युद्ध अन्त्य हुने राष्ट्रपति बाइडेनको विश्वास

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–गाजा युद्ध आगामी साता अन्त्य हुने विश्वास गरेका छन् ।

जारी वार्ता सकारात्मक उन्मुख भएको भन्दै राष्ट्रपति बाइडेनले आउँदो सोमबारसम्ममा युद्धविराम हुने आशा व्यक्त गरेका हुन् ।

कतारमा इजरायल र हमासका प्रतिनिधिबीच वार्ता भइरहेको छ । जारी वार्तामा केही प्रगति भएको रिपोर्टहरू बाहिरिएका छन् ।

वार्तामा सहभागी अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई उदृत गर्दै बाइडेनले वार्ता सहमति निकट रहेको दाबी गरेका हुन् ।

गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले दक्षिणी इजरायलमा करिब १२०० व्यक्तिको हत्या गरेपछि इजरायलले गाजामा हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो ।

इजरायलको आक्रमणमा अहिलेसम्म झण्डै ३० हजार सर्वसाधारणको मृत्यु भएको हमासले जनाएको छ । दुई दिनअघि भएको आक्रमणमा ९० जनाको मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved