मिटरब्याज तथा लघुवित्त पीडितको समस्या समाधान नभए संसद् बैठक अवरुद्ध पार्छौं : अध्यक्ष लिङदेन

नेपालभ्युज

मिटरब्याज तथा लघुवित्त पीडितको समस्या समाधान नभए संसद् बैठक अवरुद्ध पार्छौं : अध्यक्ष लिङदेन
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

मिटरब्याज पीडित र लघुवित्त पीडितहरुले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरुलाई खुशी बनाएर फिर्ता नगरे आफूहरु संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिएका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले मिटरब्याज तथा लघुवित्त पीडितहरुको मागलाई सम्बोधन नगरेर संसदको आगामी बैठक अवरुद्ध गर्ने र त्यसक्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved