काठमाडौं । रिपब्लिकन नेतृ निक्की हेली आफ्नो गृह राज्य साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवारको चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी छिन् ।
साउथ क्यारोलिनामा ट्रम्पसँग हारेपछि निक्की हेलीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म लडिरहेको छु किनभने ठूलो संख्यामा रिपब्लिकन प्राइमरी मतदाताले उनीहरू वैकल्पिक चाहन्छन् र ७० प्रतिशत अमेरिकीहरू ट्रम्प–बिडेनलाई फेरि आमनेसामने भएको हेर्न चाँहदैनन् ।’
साउथ क्यारोलिनाबाट ट्रम्पको जित प्राइमरी चुनावमा सबैभन्दा ठूलो जित मानिएको छ । सन् २०१६ को विपरीत, यस पटक ट्रम्पले यहाँ दुई पटक गभर्नर भइसकेकी निक्की हेलीको सामना गरेका थिए । हेली साउथ क्यारोलिनाका जनतामाझ लोकप्रिय छिन्, त्यसैले यो ट्रम्पका लागि कठिन लडाई मानिएको थियो ।
तर, चुनावमा ट्रम्पले निक्की हेलीलाई २० प्रतिशत अंकले पराजित गरेका थिए ।
गत वर्षको डिसेम्बरसम्म हेलीले साउथ क्यारोलिनामा ट्रम्पलाई जित्ने बताउँदै आएकी थिइन् ।
तर, जे नतिजा आएको छ त्यसले निक्की हेलीको सम्पूर्ण अभियानलाई नै धक्का दिएको छ ।
Facebook Comment
Comment