लिग-२ को पहिलो सिरिजमा नेपाल एक जितमा सीमित, अन्तिम खेलमा नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

नेपालभ्युज

लिग-२ को पहिलो सिरिजमा नेपाल एक जितमा सीमित, अन्तिम खेलमा नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ को पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो।

यससँगै लिग–२ मा नेपाल, नामिबिया र नेदरल्याण्ड्सको पहिलो सिरिजमा नेपाल एक जितमा सीमित भएको छ । ४ मध्ये २ मा जित हासिल गरेको नेदरल्याण्ड्स दोस्रो स्थानमा उक्लिएको छ।

४ खेलमध्ये केवल एकमा जित हासिल गरेको नेपाल तेस्रो स्थानमा झरेको छ। ४ मध्ये ३ खेल जितेको नामिबिया शीर्ष स्थानमा छ।

१७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो। नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ५८ र साइब्राण्ड एन्गलब्रेचले ४६ रनमा नटआउट रहे । म्याक्स ओ’डाउडले २८ र मिचेल लेभिटले ३९ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भएको थियो। नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ९३ बलमा ८ चौका प्रहार गर्दै ६६ रन बनाए। करण केसीले २६ रन बनाए ।

आरिफ शेख २२, आसिफ शेख १७ र कप्तान रोहित कुमार पौडेल १६ रनमा आउट भए। कुशल मल्ल २, गुल्सन झाले ५ र अनिल साह ७ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी १ रन बनाउँदा भीम सार्की डक आउट भए ।

नेदरल्याण्ड्सका लागि आर्यान दत्त र भिभियन किङ्माले ३–३, बास डी लिडेले २ तथा रोइलोफ भान देर मर्वीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved