सरकारले सच्यायो पत्र, मिटरब्याज पीडित संघर्ष समितिलाई वार्तामा आउन आह्वान

नेपालभ्युज

सरकारले सच्यायो पत्र, मिटरब्याज पीडित संघर्ष समितिलाई वार्तामा आउन आह्वान

काठमाडौं । सरकारले व्यक्तिगत रुपमा पठाएको पत्र सच्याउँदै मिटरब्याज पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदृुर संघर्ष समितिका नाममा पत्र पठाउँदै गृह मन्त्रालयले वार्तामा आउन भनेको हो । यसअघि मन्त्रालयले समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको थियो ।

संघर्ष समितिले व्यक्तिगत रुपमा पत्र पठाएको भन्दै व्यक्तिगत रुपमै पत्रको जवाफ दिने निष्कर्ष निकालेको थियो । आइतबार नै गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदृुर संघर्ष समितिलाई सम्बोधन गर्दै अर्को पत्र पठाएको हो ।

वार्ताका लागि मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved