बच्चा चोरी घटना: मनकुमारीविरुद्ध अपहरण कसुरमा मुद्दा दर्ता, १० वर्षसम्म जेलमा राख्न माग

मनकुमारीविरुद्ध प्रहरीले ७ वर्षदेखी १० वर्षसम्म कैद सजाय हुने व्यबस्था रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ ।

नेपालभ्युज

बच्चा चोरी घटना: मनकुमारीविरुद्ध अपहरण कसुरमा मुद्दा दर्ता, १० वर्षसम्म जेलमा राख्न माग
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको लैजाँदैगर्दा दैलेखको नौमुलेकी मनकुमारी सिंह (सीसीटीभी फुटेजबाट)

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

मनकुमारीविरुद्ध प्रहरीले ७ वर्षदेखी १० वर्षसम्म कैद सजाय हुने व्यबस्था रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ ।

प्रहरीले उनलाई शुक्रबार राति ११ बजे काँडाघारीस्थित डेराबाट पक्राउ गरेको थियो । त्यही दिन बिहान साढे ११ बजे मनकुमारीले बच्चा चोरेकी थिइन् । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेर लगेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved