काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ ।
बिहान ११ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण ३ बजेका लागि सारिएको थियो, जुन अहिले जारी छ ।
पदाधिकारी बैठकपछि स्थायी कमिटी बैठक बस्नेछ । अहिले बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकारबाहीसहितका विषयमा बोल्नेछन् ।
त्यससँगै पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियान, आगामी अभियानको तयारी, कार्यविभाजनलगायतका विषयमा पनि छलफल हुनेछ ।
यहीबीच माओवादीसहित अन्य तीन दल सम्मिलित समाजवादी मोर्चाको बैठक पनि आजै दिउँसो बस्ने भनिएको थियो । तर, प्रधानमन्त्रीकै कार्य व्यस्तताका कारण बैठक स्थगित भएको छ ।
अहिले मोर्चाको संयोजक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ छन् । मोर्चा सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले बैठक आह्वान गरेपनि प्रधानमन्त्री व्यस्त भएपछि बैठक स्थगित गर्नुपरेको हो ।
Facebook Comment
Comment