अनियमितताको आरोप लागेपछि केयूकेएलमा सीईओ नियुक्ति प्रक्रिया रद्द

नेपालभ्युज

अनियमितताको आरोप लागेपछि केयूकेएलमा सीईओ नियुक्ति प्रक्रिया रद्द

 काठमाडौं । सरकारले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्कालका लागि रद्द गरेको छ ।

प्रक्रिया रद्द गर्दै खानेपानी मन्त्रालयले सीईओ नियुक्ति प्रक्रियाबारे छानबिन गर्न एक समिति गठन गरेको छ ।

केयूकेएल सञ्चालक समिति सदस्यहरूअनियमिततामा मुछिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले तत्कालका लागि प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । सीईओ नियुक्ति प्रक्रिया जारी रहँदा पदाधिकारीमाथि ‘एडभान्स’ घुस लिएको आरोप छ ।

खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न गठित छनोट सिफारिस समितिले आवश्यक बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको ‘सर्ट लिस्ट’ तयार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रक्रिया नै विवादित बनेपछि खानेपानी मन्त्रालयले हस्तक्षेप गरेको हो ।

खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) प्रभात श्रेष्ठ र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाल सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved