प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

नेपालभ्युज

प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने
फाइल तस्वीर

काठमाडौं । नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको तालिका अनुसार, नेपालले आफ्नो पहिलो खेल मलेसियासँग अप्रिल १२ अर्थात् चैत्र ३० गते खेल्नेछ ।

बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई प्रतियोगिताको समूह ‘बी’ मा छन् ।

नेपालले आफ्नो दोस्रो खेल अप्रिल १३ मा कतारसँग, तेस्रो खेल अप्रिल १५ तारिखमा हङकङसँग र समूहगत चरणमा आफ्नो चौथो तथा अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्नेछ ।

एसीसी प्रिमियर कप क्रिकेट आगामी अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा हुँदैछ ।

प्रतियोगितामा १० वटा टोली सहभागी छन् । नेपाल, मलेसिया, हङकङ, कतार र साउदी अरेबिया प्रतियोगिताको समूह ‘ए’ मा छन् ।

समूहगत चरणको खेलपछि दुवै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल खेल अप्रिल १९ र फाइनल अप्रिल २१ मा हुनेछ । तेस्रो स्थानका लागि भने अप्रिल २० मा सेमिफाइनलमा पराजित टोलीबीच खेल हुनेछ ।

एसीसी पुरुष प्रिमियर कपको यो दोस्रो संस्करण हो । सन् २०२५ मा आयोजना हुने एसिया कपका लागि यो छनोट प्रतियोगिता पनि हो । यो प्रतियोगिताको विजेता टोलीले एसिया कपमा सहभागिता जनाउने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved