नेपालले दियो नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य, कुशलको अर्धशतक

नेपालभ्युज

नेपालले दियो नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य, कुशलको अर्धशतक

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भएको हो।

नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ९३ बलमा ८ चौका प्रहार गर्दै ६६ रन बनाए। करण केसीले २६ रन बनाए ।

आरिफ शेख २२, आसिफ शेख १७ र कप्तान रोहित कुमार पौडेल १६ रनमा आउट भए। कुशल मल्ल २, गुल्सन झाले ५ र अनिल साह ७ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी १ रन बनाउँदा भीम सार्की डक आउट भए ।

नेदरल्याण्ड्सका लागि आर्यान दत्त र भिभियन किङ्माले ३–३, बास डी लिडेले २ तथा रोइलोफ भान देर मर्वीले १ विकेट लिए।

जारी लिगमा दुवै टोलीले एक-एक खेलमा जित र दुई-दुई खेलमा हार भोगेका छन् । आइतबारको खेलमा जित निकाल्दै पहिलो सिरिजमा दुवै टोली सुखद् अन्त्यको योजनामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved