काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य स्थिर रहेको छ भने डलरको मूल्य सामान्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ०५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comment
Comment