बिहान गर्ने यस्ता कामले ल्याउँछ मोटोपन

नेपालभ्युज

बिहान गर्ने यस्ता कामले ल्याउँछ मोटोपन

एजेन्सी । त्यसो त मोटोपन कुनै शारीरिक समस्या होइन । तर, मोटो हुँदा यसले अन्य रोग भने निम्त्याउन सक्छ ।

यसबाट बच्न बिहानका ती बानी त्याग्नुपर्ने हुन्छ जसले तपाईंलाई मोटोपनको शिकार बनाइरहेका छन् ।

बिहानको नास्ता नखानु

तपाईंले आफ्नो बिहान नास्ता नखाने बानी परिवर्तन गर्नुपर्छ । बिहानमा नास्ता खानुभएन भने भोजनको समयमा धेरै खाना खानुहुन्छ । यसले तपाईंको पाचन प्रणाली खराब हुन्छ र साथमा मोटोपनको शिकार पनि हुन सक्छ ।

धेरै सुत्नु

बिहान ढिलासम्म सुत्ने बानी पनि परिवर्तन गर्नुहोस् । तपाईंका लागि ६ देखि ८ घण्टाको निद्रा प्रर्याप्त हुन्छ । यो भन्दा अधिक समय सुत्नु पनि मोटोपनको शिकार हुनु हो ।

चिल्लो चीज खाने

बिहान बिहान धेरै तेल भएको चिज खाँदा पनि तपाईं मोटो हुन सक्नुहुन्छ । यसको ठाउँमा तपाईं फाइबर, फल, दलिया आदि खान सक्नुहुन्छ ।

कसरत नगर्नु

शरीरलाई स्वस्थ राख्न दैनिक बिहान कसरत गर्नुपर्दछ । कसरत गर्नुहुन्न भने तपाईं मोटोपनको शिकार बन्न सक्नुहुन्छ । साथमा यसले स्वास्थ्य सम्बन्धी अन्य समस्या पनि निम्त्याउँछ ।

पानी नपिउनु

बिहान उठेर सबैभन्दा पहिला मनतातो पानी पिउने सल्लाह दिइन्छ । तपाईं पानी पिउनुहुँदैन भने पेट राम्रोसँग सफा हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved