काठमाडौं । भारतको कोलकाता उच्च न्यायालयले एक रोचक आदेश दिएको छ ।
बीबीसी हिन्दीका अनुसार न्यायालयको जलपाईगुडी सर्किट बेन्चले एउटा रोचक जनहित मुद्दाको सुनुवाइ गर्दै राज्य सरकारलाई त्यहाँको चिडियाखानाको सिंह र सिंहिनीको नाम परिवर्तन गर्न आदेश दिएको हो ।
१२ फेब्रुअरीमा दुई वटा सिंहलाई त्रिपुराबाट ल्याएर सिलगढीको सफारी पार्कमा राखिएको थियो । पार्कले सिंहको नाम ‘अकबर’ र सिंहिनीको नाम ‘सीता’ राख्यो ।
विश्व हिन्दू परिषद्ले भगवानसँग नाम जोडेर नाम राखेको भन्दै यसले हिन्दुहरुको धार्मिक भावनामा चोट पुगेको बताएको थियो । विवाद बढ्दै गएपछि परिषद्ले अदालतमा सिंहको नाम परिवर्तन गर्न निवेदन दिएको थियो ।
अदालतको आदेशसँगै कलकत्ता सरकारले सिंहको नाम परिर्वतन गर्ने आश्वासन दिएको छ ।
भारतमा ठूलो वर्गले सीताको पूजा गर्छन् भने अकबर धर्मनिरपेक्ष मुगल सम्राट थिए भन्ने विश्वास गर्छन् ।
Facebook Comment
Comment