क्रिकेट विश्वकप लिग २

नेदरल्याण्ड्सलाई हराउँदै नामिबिया शीर्ष स्थानमा

नेपालभ्युज

नेदरल्याण्ड्सलाई हराउँदै नामिबिया शीर्ष स्थानमा

काठमाडौं। क्रिकेट विश्वकप लिग-२ मा नामिबियाले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।

त्रिवि अन्तर्राष्टिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको हो।

२०४ रनको लक्ष्यमा पछ्याएको नेदरल्याण्ड्स ४३.५ ओभरमा १७९ रनमा अलआउट भयो । नेदरल्याण्ड्सका लागि नोआ क्रोइसले अविजित ४६ रन बनाउँदा म्याक्स ओ डाउडले भने ४१ रन बनाए ।

नामिबियाका लागि गेर्हार्ड ह्रास्मस र जान फ्राइलिङ्कले ३-३ विकेट लिए।

पहिले ब्याटिङ गरेको नामिबिया ४१.५ ओभरमा २०३ रन बनाएर अलआउट भयो। नामिबियाका लागि जान निकोल लफ्टी एटनले ४९ र मलान क्रुगरले ३९ रन बनाए।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले ३ विकेट लिए।

लिग-२ मा ४ मध्ये ३ खेलमा जित हासिल गरेको नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ । ३ खेलमा १ मा मात्र जित हासिल गरेको नेपाल र नेदरल्याण्ड्स भने क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। सिरिजको अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्स आइतबार आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved