उपकुलपति बराल भन्छन्- वञ्चितिमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर दिन्छु

पदभार ग्रहण

नेपालभ्युज

उपकुलपति बराल भन्छन्- वञ्चितिमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर दिन्छु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले वञ्चितिमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर दिने बताएका छन् ।

बिहीबार उपकुलपति नियुक्त बरालले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा यस्तो बताएका हुन् । “उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै वञ्चितिकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने र शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने मेरो अठोट छ,” बराललाई उद्धृत गर्दै प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

मल्लका अनुसार भेटमा उपकुलपति बरालले शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई ट्रयाकमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिएर काम गर्नेलगायतका प्रतिबद्धता जनाएका छन् ।

यसैबीच बरालले पदभारसमेत ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरूलगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved