महिला फुटबलमा इराकविरुद्ध नेपालको फराकिलो जित

५ गोल नै सावित्रा एक्लैले हानिन्

नेपालभ्युज

महिला फुटबलमा इराकविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । गएराति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा सबै गोल सावित्राले गरेकी हुन् । उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् ।

दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । यसअघि पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । लगातार दोस्रो हार ब्योहरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने भएको छ ।

इराक यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएको थियो । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved