कुतियाकवरमा सेनाले ‘सेफ हाउस’ निर्माण थाल्यो

नेपालभ्युज

कुतियाकवरमा सेनाले ‘सेफ हाउस’ निर्माण थाल्यो

महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ । उक्त ‘सेफ हाउस’को बिहीबार एक कार्यक्रमबीच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा शिलान्यास गरे।

नेपाल–भारत सीमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनि वर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिए ।

बर्षात्मा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुनेगरेकाले त्यसको रोकथामका लागि सेनाले दोधारा चादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगरप्रमुख लिम्बूले बताए । यसबाट सैनिक र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुने उनको भनाइ छ ।

कुतियाकवरमा ४२ परिवारको बसोबास रहेको छ । यसअघि बाढीबाट कटान र डुबानबाट दर्जनाँै परिवार विस्थापित भइसकेका छन् । सेनाले बाढीका बेला आश्रय लिन मिल्ने उक्त दुईतले सेफ हाउस चालु आर्थिक वर्ष २०८०÷८१ भित्र निर्माण गरिसक्ने लक्ष्य छ । सेनाले कञ्चनपुरमा शिक्षा, स्वास्थ्य र खेलकुदका साथै सार्वजनिक सम्पतीको समेत संरक्षण एवं सम्र्वद्धन गर्दै आएको छ ।

दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले सेनाले निर्माण थालेको सेफ हाउस बनेपछि स्थानीयलाई बाढी र डुबानका बेला सुरक्षित भएर बस्न सकिने बताउनुभयो । भवन निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराएका हुन् । शिलान्यास कार्यक्रममा दोधारा चाँदनीका नगर प्रवक्ता ओम बस्नेत तथा स्थानीयको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved