आर्थिक गतिविधि धेरै गर्ने प्रदेशमा बागमती पहिलो, अन्तिममा कर्णाली

नेपालभ्युज

आर्थिक गतिविधि धेरै गर्ने प्रदेशमा बागमती पहिलो, अन्तिममा कर्णाली

काठमाडौं । सात प्रदेशमध्ये पछिल्लो दुई वर्षमा सबैभन्दा बढी आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो देखिएको छ ।

बिहीवार नेपाल नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको सातै प्रदेशको नेपाल प्रतिष्पर्धा सूचकांक २०२४ ले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपाल प्रतिष्पर्धा सूचकांक २०२४अनुसार प्रदेश भित्र भौतिक पूर्वाधार,सूचना प्रविधि,उद्योग व्यापार व्यवसाय लगायतका क्षेत्रमा सबैभन्दा धेरै आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो, दोस्रोमा कोशी, तेस्रोमा गण्डकी , चौथोमा लुम्बिनी,पाँचौंमा मधेश त्यसपछि सुदूरपश्चिम र कर्णाली प्रदेश रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

नेपाल नीति अनुसन्धान संस्थान अनुसन्धान निर्देशक जयजङ महतले नेपालमा राजनीतिक कुरा धेरै भएकाले अब प्रदेशगत रुपमा आर्थिक गतिविधिका विषय प्राथमिकतामा राखेर नीतिहरु बनाउन सहज गराउने उदेश्यले अनुसन्धान गरिएको बताए ।

उनले बागमती प्रदेशमा काठमाडौं उपत्यका पर्ने भएकाले आर्थिक गतिविधिका हरेक सूचकहरुमा अनुसन्धान गर्दा पहिलो नम्बरमा रहेको बताए ।

साथै, महतले सात प्रदेशमध्ये आर्थिक क्रियाकलापमा वागमती प्रदेश र अन्य ६ प्रदेशमा ठूलो अन्तर रहेको देखिएको जानकारी दिए ।

उनले नेपालमा प्रदेश संरचना बनेको सात वर्षमा पनि विगतको अन्तर र अहिलेसम्म कम नभएको देखिएको जानकारी दिए । उनले ग्रामिण आर्थिक गतिविधि चलायमान बनाएर मुलुकको अर्थतन्त्रलाई थप मजबुत बनाउनको लागि वागमती प्रदेशसहित सातै प्रदेशमा वृद्धि गर्न आवश्यक देखिएको बताए ।

महतले विकसित प्रदेश हुनको लागि प्रदेशमा गुणस्तर शिक्षा,स्वास्थ्य,खानेपानी,भौतिक पूर्वाधार,उद्योग कलकारखाना,प्रदेशका जनताको जीवनस्तर,सडक,आर्थिक अवस्था,दक्ष जनशक्ति लगायतका विषयमा अनुसन्धानमार्फत प्रदेशलाई -याङ्कि गरिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved