कांग्रेस महासमिति बैठकबाट सबै प्रतिवेदन पारित

नेपालभ्युज

कांग्रेस महासमिति बैठकबाट सबै प्रतिवेदन पारित

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत गरिएका चार वटा प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।

महामन्त्री थापाले चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी सांगठनिक प्रस्ताव पेस गरेका थिए । महासमिति सदस्यहरूले त्यसकाे ताली बजाएर पारित गरे ।

यससँगै अब कांग्रेस केन्द्रीय समितिले अन्तिम रुप दिएर प्रस्तावलाई अनुमोदन गर्ने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved