साताभर नेप्सेमा गिरावट, कुन दिन कतिले घट्यो ? 

नेपालभ्युज

साताभर नेप्सेमा गिरावट, कुन दिन कतिले घट्यो ? 

कठमाडौं । सेयर बजारमा यो साताभर गिरावट आएको छ । साताको कारोबारको पहिलो दिनदेखि घट्न थालेको नेप्से कारोबारको अन्तिम दिनसम्म पनि घटेको हो ।

यो साता आइतबार नेप्सेमा भारी गिरावट देखिएको थियो भने सोमबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा थियो । मंगलबार, बुधबार र बिहीबार पनि नेप्सेमा गिरावट कायमै रहेको छ ।

यो साताभर नेप्से परिसूचक ५६ दशमलव १९ अंकले ओरालो लागेर २००५ दशमलव ८३ विन्दुमा पुगेको छ । त्यस्तै यो साता सेयर बजारमा १२ अर्ब ३३ करोड ७१ लख ०७ हजार ९ सय ९८ रुपैयाँको कारोबार भएको छ ।

गत साता नेप्सेको कारोबार रकम १६ अर्ब ८६ करोड १६ लाख ८३ हजार ५ सय ४० रुपैयाँ रहेको थियो ।

साताको कारोबारको पहिलो दिन अर्थात् आइतबार नेप्से परिसूचक २७ दशमलव २१ अंकले घटेर २०३४ दशमलव ८२ को विन्दुमा पुगेको थियो ।

जसमा ३१५ कम्पनीका ९७ हजार १ सय ५ पटकको कारोबारमा १ करोड ७७ लाख २ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएको थियो भने कारोबार रकम ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ रहेको थियो ।

मंगलबार नेप्से परिसूचक १ दशमलव ७६ अंकले घटेर २०३३ दशमलव ०६ को विन्दुमा पुगेको थियो । जसमा ३१४ कम्पनीका ७६ हजार ८ सय ३ पटकको कारोबारमा ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८ रुपैयाँ रहेको थियो ।

कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ६ दशमलव ४६ अंकले घटेर २०२६ दशमलव ५९ विन्दुमा पुगेको थियो ।

जसमा ३१३ कम्पनीका ५८ हजार ३ सय ६२ पटकको कारोबारमा ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९ रुपैयाँ रहेको थियो ।

साथै, साताको कारोबारको अन्तिम दिन अर्थात् आज बिहीबार नेप्से परिसूचक २० दशमलव ७६ अंकले घटेर २००५ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज ३०९ कम्पनीका ७७ हजार ८ सय ३३ पटकको कारोबारमा ९५ लाख १८ हजार ०७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब २० करोड ६१ लख ६७ हजार ०२५ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved