नेप्सेमा भारी गिरावट, कारोबार रकम ३ अर्ब २० करोड

नेपालभ्युज

नेप्सेमा भारी गिरावट, कारोबार रकम ३ अर्ब २० करोड

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २० दशमलव ७६ अंकले घटेर २००५ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज ३०९ कम्पनीका ७७ हजार ८ सय ३३ पटकको कारोबारमा ९५ लाख १८ हजार ०७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब २० करोड ६१ लख ६७ हजार ०२५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४९ अंकले घटेर ३५९ दशमलव ५७ को विन्दुमा पुगेको छ ।

आज हाइड्रो पावर कम्पनीहरूको ४० लाख ३७ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९८ लाख ७७ हजार ६ सय ७८ रुपैयाँको कारोबार भएको छ । यो सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरूको समूह पनि हो ।

त्यस्तै, आज सबैभन्दा कम कारोबार गर्ने कम्पनीहरूको समूहमा कर्पोरेट डिभेन्चर रहेको छ । जसको कारोबार रकम १८ लाख ३ हजार ८ सय ९८ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved