दुग्ध किसानले गरे आन्दोलनको घोषणा, भारतबाट आयात बन्द गर्न माग

नेपालभ्युज

दुग्ध किसानले गरे आन्दोलनको घोषणा, भारतबाट आयात बन्द गर्न माग

काठमाडौं । दुग्ध उत्पादन किसानले भुक्तानी नपाएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै किसानले आन्दोलनको घोषणा गरेका हुन् ।

कार्यक्रमअनुसार फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गर्ने किसानहरूले जनाएका छन् ।

साथै, फागुन १४ गते मागहरूका बारेमा संघीय संसद् कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुससहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको किसानले बताएका छन् ।

यसैगरी फागुन १७ गते बिहान १० देखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने र फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने भएका छन् ।

फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने र माग पुरा नभएसम्म निरन्तर जारी राख्ने किसानहरुले बताएका छन् ।

दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्नलगायतका माग किसानहरुले राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved