प्रधानमन्त्रीलाई ‘फटाहा’ भन्दै सांसद रोशन कार्कीले भनिन्, ‘यो सरकारको घाँडो कहिलेसम्म बोकिरहने ?

नेपालभ्युज

प्रधानमन्त्रीलाई ‘फटाहा’ भन्दै सांसद रोशन कार्कीले भनिन्, ‘यो सरकारको घाँडो कहिलेसम्म बोकिरहने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यङ्ग्य गर्दै प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरूले आपत्ति जनाएका छन् । उनले बालकुमारी घटनाबारे संसद्‍मा आएर प्रधानमन्त्रीले बेवकुफ बनाएको आरोप लगाइन् ।

राप्रपाकी सांसद कार्कीले ‘प्रधानमन्त्रीज्यूले रोस्टममा आएर सरासर ढाँट्नुहोला भन्ने लागेको थिएन । उहाँमा धेरै गुण छन् । फटाहा बोल्ने गुण पनि थपिएर आएछ’ भनेकी थिइन् ।

त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।

सांसद कार्कीले भनिन्, ‘प्रधानमन्त्रीको शब्द सापटी लिएर म भन्न चाहन्छु, २ युवाको हत्या भएको छ, मन्त्रीज्यूको कारण । तर प्रधानमन्त्रीले कारबाही गर्न सकेको छैनन् । यसकारण यो सरकार असफल भइसकेको छ । यो सरकार टिकाउनु भनेको नागरिकलाई दुख दिनु हो । जति छिटो चाँडो यो सरकारबाट उन्मुक्ति पाउनुपर्छ । यो सरकारको घाँडो कहिलेसम्म बोकिरहने ?’’

सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । सभामुखको भनाइमा चित्त नबुझाएर कांग्रेसकै सांसद देवप्रसाद तिमिल्सनाले पनि नियमापत्ति गर्न खोजे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved