यात्राका क्रममा बच्चालाई खुवाउनुहोस् स्वस्थ खाजा

नेपालभ्युज

यात्राका क्रममा बच्चालाई खुवाउनुहोस् स्वस्थ खाजा

एजेन्सी । प्रायः हामीले देखिरहेका हुन्छौं धेरै जसो अभिभावकले यात्राका क्रममा बच्चालाई जंकफुड वा अस्वस्थकर खानपिन खान दिइरहेका हुन्छन् । यात्राको क्रममा जहाँ जे किन्न पाइन्छ त्यही खान दिइरहेको देख्न पाइन्छ । यो विशेषगरी यात्राको क्रममा गर्नै नहुने काम हो । किनकी यात्राको क्रममा स्वास्थ्य बिग्रिने सम्भावना अत्यधिक हुन्छ त्यसमाथि अस्वस्थकर खानाले अझै छिटो बच्चालाई विरामी बनाउन सक्छ ।

यदी तपाईंले बच्चालाई यात्राको क्रममा कसरी स्वस्थ खानेकुरा दिने बाटोमै बनाउन त सम्भव हुँदैन भनेर सोंचिरहनु भएको छ भने चिन्ता लिनु पर्दैन । हामीले यहाँ केही खानेकुराहरुका बारेमा बताउनेछौं जसलाई यात्राको क्रममा तपाईंले आफूसँगै राखेर हिँड्न पनि सक्नुहुन्छ र बच्चालाई खुवाउन सक्नुहुन्छ ।

यात्राको क्रममा मुंगफली, बदाम, पिस्ता, काजु, ओखर आदि जस्ता नट्सहरुलाई मिक्स गर्नुहोस् । यसलाई हावा नजाने भाँडो वा जिप लकमा राख्नुहोस् र थोरै थोरै बच्चालाई खुवाउन सक्नुहुन्छ । त्यस्तै तपाईं चकलेटको ठाउँमा बच्चाका लागि सुकाएको आरुबखरा, खजुर आदि प्याक गरेर राख्न सक्नुहुन्छ ।

तपाईं आफ्नो यात्राको समय तथा दुरीलाई ख्याल गर्दै फलफूलहरु पनि झोलामा राख्न सक्नुहुन्छ । बच्चाले केही खान खोजेको खण्डमा तपाईं स्याउ, सुखेको नरिवल, किसमिस आदि पनि नास्ताको विकल्पको रुपमा दिन सक्नुहुन्छ ।
त्यस्तै बच्चाले चिप्स खान खोज्छ भने पनि तपाईं केराको चिप्स राख्न सक्नुहुन्छ । यसमा तेल एकदमै कम हुन्छ र यसले पेट पनि सफा गर्ने काम गर्छ ।

त्यस्तै तपाईं चिउरा, भुजा, मखाना, मकै, भट्मास आदि भुटेर पनि राख्न सक्नुहुन्छ । यस्ता खानेकुराहरु स्वस्थ हुनुका साथै फाइबर धेरै हुने भएकाले बच्चालाई पटक पटक भोक पनि लाग्ने समस्या हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved