यी ७ बानीले बनाउँछ दिमाग कमजोर

नेपालभ्युज

यी ७ बानीले बनाउँछ दिमाग कमजोर

एजेन्सी । शरीरले सही तरिकाले काम गर्न दिमाग स्वस्थ हुनु जरुरी छ । तर, कतिपय अवस्थामा खराब जीवनशैली तथा बानी व्यवहारले दिमाग कमजोर हुन थाल्छ ।

कस्ता बानी व्यवहारले दिमागलाई कमजोर बनाउन सक्छ भन्नेबारे जानौं ।

  • रक्सी धेरै पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन । रक्सी धेरै पिउँदा दिमागमा नराम्रो असर पर्छ । यसले डिप्रेशन तथा तनाव हुन थाल्छ ।
  • दिमागमा तनाव कुनै पनि कारणले हुने गर्छ । जति सजिलै मानिसलाई तनाव हुन्छ त्यति नै त्यसबाट बाहिर निस्कन गाह्रो हुन्छ । हरेक विषयमा तनाव लिने गर्दा पनि दिमागले सही तरिकाले काम गर्न छोड्छ ।
  • चिनीको अत्यधिक सेवनले शरीरमा प्रोटिन तथा न्यूट्रिएन्ट्स सोख्ने क्षमता कम हुन थाल्छ । यस्तोमा दिमागको विकास पनि कम हुन थाल्छ ।
  • अत्यधिक खानु पनि दिमागका धमनीलाई कमजोर बनाउनु हो । त्यसैले भोक लागेको अवस्थामा धेरै नखानुहोस् र खानाको बीचमा अन्तर राख्नुहोस् ।
  • शारीरिक रुपमा क्रियाशिल नहुँदा पनि तपाईंको दिमाग ढिला हुँदै जान्छ । शारीरिक क्रियाकलाप जस्तै नृत्य, कसरत, योग, हिँडडुल कम हुँदै गयो भने दिमागको विकास पनि कम हुन थाल्छ ।
  • यदि तपाईं लामो समय घरमै बिताउनुहुन्छ र खुला हावा भएको स्थानमा जानुहुन्न भने पनि दिमागका नसा कमजोर हुन थाल्छन् । घरभित्रै समय धेरै बिताउँदा डिप्रेशनको शिकार पनि हुन सक्नुहुन्छ ।
  • विभिन्न शारीरिक तथा मानसिक समस्याको जड निद्रा पूरा नगर्नु पनि हो । तपाईं नियमित रुपमा कम सुत्दै जानुभयो भने यसले दिमागको क्रियाकलापमा पनि नराम्रो असर पर्दछ । अनिद्राले दिमागको कार्यक्षमता कम हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved