पाउण्डको मूल्य बढ्दा डलरको स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा डलरको स्थिर 

कठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको विनिमय दर केही बढेको छ भने डलरको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved