क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को १०० रन पूरा

नेपालभ्युज

क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को १०० रन पूरा

काठमाडौं। क्यानडा ११ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ले १०० रन पूरा गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल एले २४.४  ओभरमा ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।

१३.५ ओभरमा आशुतोष घिरैया २८ रनमा आउट भएसँगै नेपालको ब्याटिङ धर्मराएको देखिन्छ। १४.२ ओभरमा शेर मल्ल डकआउट भए। २०.२ ओभरमा अर्जुन कुमाल भने २७ रनमा आउट भए। २२.१ ओभरमा सन्दीप जोरा २४ रनमा आउट भए।

अहिले राशिद खान र सुजन थपलियाले ब्याटिङ गरिरहेका छन्।

टस जितेर क्यानडा ११ ले फिल्डिङ रोजेसँगै नेपाल ए ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved