क्यानडा ११ विरुद्ध नेपाल ए को गतिलो सुरुवात

नेपालभ्युज

क्यानडा ११ विरुद्ध नेपाल ए को गतिलो सुरुवात

काठमाडौं। क्यानडा ११ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपाल ए ले गतिलो सुरुवात गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल ए ले १२.४ ओभरमा ५० रन पूरा गरेका छन्।

नेपाल ए का लागि ओपनरद्धय आशुतोष घिरैया र अर्जुन कुमालले सन्तुलित ब्याटिङ प्रदर्शन गरिरहेका छन्।

टस जितेर क्यानडा ११ ले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो।

पछिल्लो २ खेलपश्चात तीन खेलको एकदिवसीय सिरिज १–१ को बराबरीमा छ। जारी खेलको उपाधि जित्ने टोलीले सिरिजको उपाधि जित्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved