मन्त्री ज्वालाको बर्खास्तीको माग गर्दै अनेरास्ववियु आन्दोलित (तस्वीरहरु)

मन्त्री ज्वालाको बर्खास्तीको माग गर्दै अनेरास्ववियु आन्दोलित (तस्वीरहरु)

काठमाडौ । दुईजना बिद्यार्थीको ज्यान जानेगरी घटेको बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर गरेका मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित भएको छ।

अनेरास्ववियुले आज बिहान उपत्यका सहित देसभरका क्याम्पस अघि मन्त्री ज्वाला विरुद्ध प्रदर्शन गरेको छ।

यसैक्रममा नेपाल कमर्स क्याम्पस मिनभवनमा प्रदर्शनकारीले मन्त्री ज्वालाको पुत्ला जलाएका छन्।

छानबिन आयोगले मुख्य दोषी ठहर गरेको मन्त्री ज्वालालाई बर्खास्त नगरेसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन्। अनेरास्ववियुले फागुन ९ गते साँझ त्रिचन्द्र कलेज अघि मन्त्री ज्वालाको पुत्ला जलाउदै मसाल जुलुस समेत प्रदर्शन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved