लिभरपुलद्वारा लुटन टाउन पराजित, सिटीले ब्रेन्टफोर्डलाई हरायो

नेपालभ्युज

लिभरपुलद्वारा लुटन टाउन पराजित, सिटीले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनलाई ४–१ गोल अन्तरले हराएको हो । जीतसँगै लिभरपुल २६ खेलबाट ६० अंकसहित अंकतालिकामा पहिलो स्थानमा छ भने लुटन टाउन २५ खेलमा २० अंकसहित १८ औँ स्थानमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको छ ।

म्यानचेष्टर सिटीको २५ खेलमा ५६ अंक छ । ब्रेन्टफोर्ड २५ खेलमा २५ अंकसहित तालिकामा १४ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved