कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिने

नेपालभ्युज

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिने

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्व कम हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) बिक्रि गर्न थालेको हो ।

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस)मा भिटानिम ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य तत्त्व मिसाइएको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले बताए ।

‘सूक्ष्म पोषण तत्त्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ । ठुला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्त्व मिसाएर चामल उत्पादन थालिएको छ ।’ उनले भने, ‘पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६०० मेट्रिक टन चामल सुर्खेत ल्याइएको छ ।’

पोषण तत्त्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको पोषण शाखाका प्रमुख थापाले बताए ।

‘यी तत्वको कमीले पुड्कोपना, रक्तअल्पता हुने, शरीरमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमी हुने हुनाले त्यस्ता समस्या क्रमशः हटाउँदै लाने उद्धेश्यअनुरूप सरकारले चामलमा यी तत्वहरू समावेश गरेर मात्र बजारमा पठाउने प्रबन्ध मिलाएको हो ।’ उनले भने, ‘धेरै नेपालीको भान्छामा एक छाक अनिवार्य भात नै हुने भएकाले चामलमै मिसाउन उचित ठान्यौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved