कुशल मल्लले लिए नामिबियाको तेस्रो विकेट

नेपालभ्युज

कुशल मल्लले लिए नामिबियाको तेस्रो विकेट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन्।

उनले नामिबियाका माइकल भान लिङ्गेनलाई ३१ रनमा आउट गरे।

यसअघि नेपालका लागि रोहितले १ विकेट लिए । ओपनर निकोलस डाभिनलाई रनआउट गर्दा नेपालले पहिलो विकेट पाएको थियो।

नेपालले दिएको १६९ रनको लक्ष्यमा नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ । १२.१ ओभरमा ३ विकेट गुमाएको नामिबियाले ६९ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved