क्रिकेट विश्वकप लिग–२

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

नेपालभ्युज

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको हो। नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले।

आसिफले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए।नेपालका लागि आसिफको यो एकदिवसीयमा १२ औं अर्धशतक हो।

७ ओभरको अन्तिम बलसम्म ३ विकेट गुमाएर दबाबमा आएको नेपाली ब्याटिङलाई कुशल मल्लको आगमनपश्चात केहि सम्हालिएको थियो।

चौथो विकटका लागि कुशल र आसिफले ५७ रनको साझेदारी गरे। यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, ओपनर कुशल भूर्तेलले १८ र करण केसीले १२ रन बनाए।

करणले नेपालका लागि आफ्नो ५० औं एकदिवसीय खेल खेल्दैछन्। दीपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। नेपालका अनिल साह, देव खनाल र कप्तान रोहित कुमार पौडेल भने डक आउट भए।

नामिबियाका लागि बर्नाड स्कोल्ज र जान निकोल लफ्टी एटनले ४–४ विकेट लिए। नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved