एमाले बैठक : ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल हुँदै

नेपालभ्युज

एमाले बैठक : ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्तिमार्फत  जानकारी दिएका छन्  ।

बैठकमा पार्टीको शुद्धीकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समयानुकुल पार्टी निर्माण गर्ने   विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको गौतमले बताए ।

उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरुमाथि छलफल गर्नका लागि समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए । उनका अनुसार  पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेका छन् ।

गौतमले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved