नेपाल ‘ए’ले जित्यो क्यानडा–११ विरुद्धको दोस्रो एकदिवसीय खेल, सन्दीप र बसिरको अर्धशतक

३ खेलको सिरिज १–१ को बराबरीमा

नेपालभ्युज

नेपाल ‘ए’ले जित्यो क्यानडा–११ विरुद्धको दोस्रो एकदिवसीय खेल, सन्दीप र बसिरको अर्धशतक

काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो ।

यससँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा ११ सँग पराजित भएको थियो।

२४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले।

जोराले ६६ र बसिरले अविजित ५२ रन बनाए। रासिद खान ४७ रनमा आउट भए । अर्जुन कुमालले ४० रन बनाए।

क्यानडाका लागि निखिल दत्त, शाहिद अहमदजाई र अम्मोर खालिदले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको क्यानडा ४९.४ ओभरमा २४० रनमा अलआउट भयो । क्यानडाका श्रेयास मोभ्भाले ६८ र नवनित धालिवालले ४६ रन बनाए।

नेपालका लागि साहब आलमले ३, शेर मल्ल र रासिद खानले २–२ तथा सागर ढकाल र बसिर अहमदले १-१ विकेट लिए। अन्तिम खेल बिहीबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved