काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता गठबन्धन उपलब्धिमूलक भएको निष्कर्ष निकालेका छन् ।
सोमबारदेखि जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले यस्तो निष्कर्ष निकालेका हुन् ।
“पटक-पटकको संसद् विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ,” उनले भनेका छन् ।
तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको उनले औंल्याएका छन् ।
अगाडि उनले भनेका छन्, “संघर्ष र संविधान सभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतीको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ।”
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभइ विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् ।
Facebook Comment
Comment