टिभी अभिनेता ऋतुराज सिंहको हृदयघातका कारण निधन

नेपालभ्युज

टिभी अभिनेता ऋतुराज सिंहको हृदयघातका कारण निधन

काठमाडौं । भारतका चर्चित टिभी अभिनेता ऋतुराज सिंहको सोमबार राति निधन भएको छ । ६० वर्षीय सिंहको हृदयघातका कारण निधन भएको हो ।

बीबीसीसँग कुरा गर्दै उनका साथी अभिनेता अमित बहलले यसको पुष्टि गरेका छन् ।

अभिनेता सिंह ९० को दशकमा जी टिभीमा रियालिटी गेम शो ‘तोल मोल के बोल’को होस्ट थिए।

सन् १९९३ मा जी टिभीमा प्रशारण भएको उनको अर्को टिभी शो ‘बनेगी अपनी बात’ पनि निकै लोकप्रिय थियो।

सिंहले धेरै सिरियल, फिल्म र ओटीटी शोमा काम गरेका छन् ।

उनले ‘हिटलर दीदी’, ‘ज्योति’, ‘शपथ’, ‘अदालत’, ‘आहट’, ‘दिया और बाती’, वारियर हाई’, ‘लाडो २’, ‘ये रिश्ता क्या कहलाता’ जस्ता टिभी सिरियलहरूमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved