बारम्बार मोबाइलको घण्टी बजेपछि ओलीले रिसाउँदै प्रश्न गरे- यता नजिकै स्कूल पनि छ र ?

नेपालभ्युज

बारम्बार मोबाइलको घण्टी बजेपछि ओलीले रिसाउँदै प्रश्न गरे- यता नजिकै स्कूल पनि छ र ?

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज सुरू भएको छ । बैठकको सुरुवातमै पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौखिकरूपमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले आफ्नो सम्बोधनलाई नै राजनीतिक प्रतिवेदन भन्दै केन्द्रीय सदस्यहरूलाई बुँदा टिपेर बस्न निर्देशन दिए । ओलीले भने, “मैले अहिले जे बोलिरहेको छु, त्यही नै राजनीतिक प्रतिवेदन हो । त्यसैले तपाईंहरूले टिपेर राख्नुहोला । पछि आफ्नो बोल्ने बेलमा सहज हुनेछ ।”

सम्बोधनका क्रममा बारम्बार मोबाइलको घण्टी बजेपछि अध्यक्ष ओली रिसाए । उनले त्यसपछि सोधे, “केको घण्टी हो यो ? किन यसरी बजिरहेको छ ? नजिकै कतै स्कूल पनि छ यहाँ ?’  त्यसपछि केन्द्रीय सदस्यहरू गलल्ल हाँसे ।

हाँसो चलिरहेकै बेला फेरि घण्टी बज्यो । त्यसपछि ओलीले भने, “त्यो जहाजमा चढ्दा भन्छ नि फ्लाईटमोड कि के हो । त्यस्तै हो अहिले यहाँ पनि । तपाईंहरू सक्नुहुन्छ साइलेन्समा राख्नुहोस्, सक्नुहुन्न भने मोबाइल अफ गर्नुस् ।”

ओलीले केहीबेर बोलेपछि फेरि घण्टी बज्यो । त्यसपछि उनले भने, “मोबाइल तपाईंहरूको मात्रै हैन, मेरो पनि छ । बोल्न छाडिदियो भनेर यो पनि कराउँछ । तपाईंहरूलाई फेरि भन्दैछु, मोबाइल साइलेन्समा राख्नुहोला ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved