एजेन्सी । पिसाब फेर्ने बेला पोल्ने समस्या छ भने धनियाँ पानीको सेवन गरेर राहत पाउन सकिन्छ । यसले पिसाव गर्दा पोल्ने समस्यामा फाइदा गर्छ ।
पिसावको नलीमा पोल्ने समस्या छ भने यो पानीलाई ८ देखि १० दिन पिउन सकिन्छ ।
एक चम्चा धनियाँको बीजलाई डेढ कप पानीमा रातभर भिजाएर राख्नुहोस् । अब बिहान यो पानीलाई छानेर सेवन गर्नुहोस् ।
धनियाँको बीजको पानी सेवन गरेर पिसावनलीमा पोलेको समस्या कम हुन्छ । २ देखि १० दिनसम्म यसको सेवन गर्नाले पिसाब पोल्ने समस्याबाट राहत पाउन सकिन्छ ।
धनियाँको पानीमा एन्टीइन्फ्लामेटरी र एन्टीमाइक्रोबियल गुण पाइन्छन्, जसले पिसाव पोल्ने, दुखेको तथा सुन्निएको कम गर्छ ।
धनियाँको पानीले शरीरमा वाटर रिटेन्शनको समस्या पनि कम गर्न सहयोग पुग्छ । साथमा यसले मिर्गौलाको कार्यक्षमता समेत बढाउँछ ।
Facebook Comment
Comment